बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस खुला केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक, कसले कति पाए?

कांग्रेस खुला केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक, कसले कति पाए?

नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। कांग्रेसको खुलातर्फको ३५ केन्द्रीय सदस्यमा ९९ जनाले उम्मेदवारी दिएका थिए।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं- नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। कांग्रेसको खुलातर्फको ३५ केन्द्रीय सदस्यमा ९९ जनाले उम्मेदवारी दिएका थिए। 

जसमा सबैभन्दा बढी मत शशांक कोइरालाले ३८३६ मत ल्याएका छन् भने दोस्रो धेरै मत एनपी साउदले २९३७ मत ल्याएका छन्। शशांक कोइराला सभापति शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंह गरी तिनै प्यानलमा थिए। तर, साउद भने देउवाको प्यानलमा मात्रै थिए। 

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन्। 

निर्वाचित खुला केन्द्रीय सदस्यहरुको सूची:


 

प्रकाशित: Dec 19, 2021| 20:56 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...