बुधबार, जेठ २०, २०८३

नेतृत्व चयन नगरी सकियो माओवादीको प्रदेश २ अधिवेशन

नेतृत्व नै चयन नगरी माओवादी केन्द्र प्रदेश २को अधिवेशन सम्पन्न भएको छ।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

जनकपुरधाम– नेतृत्व नै चयन नगरी माओवादी केन्द्र प्रदेश २को अधिवेशन सम्पन्न भएको छ। पदाधिकारी चयनमा विवाद भएपछि कार्यसमिति चयन पछि गर्नेगरी अधिवेशन सम्पन्न भएको हो। 

National life

अधिवेशनको बन्दसत्रमा आन्तरिक विवाद बढ्दै जान थालेपछि २ सय ७१ सदस्यीय कार्यसमिति पछि चयन गर्ने गरी बन्दसत्र सम्पन्न गर्ने निर्णय भएको हो। आइतबार सर्लाहीको लालबन्दीमा सम्पन्न बन्द सत्रमा प्रत्येक जिल्लाबाट साधारण सदस्यको संख्याको आधारमा आठ वटै जिल्लाबाट १७ देखि २२ सदस्यसम्म सर्वसम्मत रुपमा चयन गर्ने गरी २ सय ७१ सदस्यीय कार्यसमिति गठन गर्ने निर्णय गरेर बन्द सत्र सम्पन्न भएको केन्द्रीय सदस्य जगत यादवले जानकारी दिए। 

उनले भने, ‘पदाधिकारी चयनमा विवाद बढ्दै जाँदा हाललाई २ सय ७१ सदस्य चयन गर्ने र सोको जिम्मेवारी जिल्ला अध्यक्षहरुलाई नै दिने गरी निर्णय गरिएको छ। शुरुमा २ सय ४१ सदस्यीय कार्यसमिति चयन गर्ने निर्णय गरिएको थियो।’ 

तर जिल्लाहरुबाट अत्यधिक प्रतिनिधि आइसकेकाले शनिबार हुने भनिएको बन्दसत्र स्थगित गरिएको थियो। त्यसपछि सर्वसम्मत रुपमा पदाधिकारी तथा सदस्य पछि चयन गर्ने गरी २ सय ७१ सदस्यीय बनाउने र सोको जिम्मेवारी जिल्ला अध्यक्षहरुलाई नै दिने सहमति गरेर बन्द सत्र समापान गरिएको यादवले बताए । 

उनका अनुसार जिल्लाबाट सर्वसम्मतिले सदस्य नामावली आइसकेपछि पुस २० गते पार्टी अध्यक्ष पुष्पकमल दाहालको आतिथ्यमा हुने घोषणा सभाबाट पदाधिकारी चयन सहितको नामावली सार्वजनिक गरिनेछ। प्रादेशिक समिति नेतृत्वका लागि आधा दर्जनभन्दा बढी आकांक्षी देखिएपछि विवाद उत्पन्न भएको थियो। स्रोतका अनुसार रामकुमार शर्मा, श्रवण साह, अशोक साह, अजय शंकर नायक र दिलिप साह लगायतका नेताहरु नेतृत्वका लागि दाबी गरेका थिए। 

Shivam cement

प्रदेश २ मा मातृका यादव र नारायणकाजी श्रेष्ठ गरी दुई समूह नेतृत्वमा दाबी गर्दै आइरहेको छ। दुई वटै समूह अडानबाट पछाडि नहटेपछि विवाद उत्पन्न भएको थियो।

प्रकाशित: Dec 19, 2021| 18:05 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।