काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीले जनबर्गीय संगठन र तल्ला कमिटीको एकीकरणको समय सीमा तोक्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको सचिवालय बैठकले पार्टी संगठनहरुको एकताको आवधिक कार्ययोजना बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सो पार्टीका केन्द्रमा एकता भईसकेको छ भने प्रदेश, जिल्ला निर्वाचन क्षेत्रलगायत गरी नौ तहमा पार्टी कमिटी बनाउने निर्णय भएको छ।
यस अघिको सचिवालय बैठकले तीन सदस्यीय कार्यदल गठन गर्दै पार्टीका नेताले दिएको सुझावलाई समेटेर बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी दिइएको थियो ।
कार्यदलमा वामदेव गौतम, रामबहादुर थापा बादल, महासचिव बिष्णु पौडेल छन् । कार्यदलले यस अघि बसेको स्थायी समितिको बैठकले दिएको सुझावलाई आधार मानेर नियमावली तयार गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४