बिहीबार, भदौ ४, २०८३

बालुवाटारमा सर्वदलीय बैठक जारी

संसद्‍को अवरोध र एमसीसीका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएको बताइएको छ।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। सर्वदलीय बैठकमा नेकपा एमाले भने सहभागी छैन।

संसद्‍को अवरोध र एमसीसीका विषयमा छलफल हुने बताइएको छ। यद्यपि प्रधानमन्त्री कार्यालय स्रोतले यस विषयमा आधिकारिक रूपमा कुनै पनि जानकारी दिएको छैन। 

बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, पूर्वसहमहामन्त्री रामशरण महत, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उपस्थित छन्। 

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी भएका छन्।  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ बैठकका लागि बालुवाटार पुगेका छन्। 

यस्तै नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र महासचिव बेदुराम भुसाल बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन्। 

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र सर्वेन्द्रनाथ शुक्लाका साथै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट र नेमकिपाका महासचिव प्रेम सुवाल सर्वदलीय बैठकमा सहभागी छन्।

साउन ३ गतेदेखि एमालेले सुरू गरेको संसद् अवरोध अझसम्म पनि कायमै छ। 

प्रकाशित: Dec 19, 2021| 17:05 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...