बिहीबार, भदौ ४, २०८३

विवेकशील विवाद – बागमती प्रदेश कमिटी भंग

विवेकशील साझा पार्टीमा रन्जु दर्शनालाई कारबाही गरेपछि सहसंयोजक सुरेन्द्रबहादुर रानाभाटले बागमती प्रदेश कमिटी भंग गर्दै राजीनामा दिएका छन्।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं– विवेकशील साझा पार्टीमा रन्जु दर्शनालाई कारबाही गरेपछि सहसंयोजक सुरेन्द्रबहादुर रानाभाटले बागमती प्रदेश कमिटी भंग गर्दै राजीनामा दिएका छन्। विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्रले बागमती प्रदेश संयोजक रन्जु दर्शनालाई कारबाही गरेका छन्। पार्टीमा लामो समयदेखि उनले ल्याएको दस्ताबेजमा विवाद चलिरहेको थियो।

यही विवादबीच प्रदेश २ का संयोजक अनिमेषकुमार मिश्र, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, अन्तर्राष्ट्रिय पूर्व संयोजक डा राजेन्द्र पंगेनी, सचिवालय सदस्य प्रतिभा डंगोल, केन्द्रीय सदस्यहरू गरी करिब १०० जना नेता कार्यकर्ताले राजीनामा दिइसकेका छन्। 

बागमती प्रदेशमा मिश्रको विचारभन्दा फरक मत राखेपछि संयोजक दर्शनालाई कारबाही गरेर बागमती सहसंयोजक सुरेन्द्र बहादुर रानाभाटलाई प्रदेशको बैठक बोलाएर नयाँ प्रदेश संयोजक चरण गर्न निर्देशन गरेको थियो। 

फरक मत राख्ने साथीहरूलाई गलत तरिकाबाट पार्टीबाट निष्कासन गर्ने काम गरेको, प्रदेश समितिसँग समन्वय नगरी प्रदेश समितिमा हस्तक्षेप गरेको, नेताहरूको कार्यमूल्यांकन नगरी आफूखुसी नेताहरू चयन गरेको र पार्टीलाई गलत दिशामा लागेको कारण पार्टीका नेता तथा प्रदेश सहसंयोजक रानाभाटले आज पार्टी अध्यक्ष र संयोजकलाई राजीनामा बुझाएका हुन्। 


प्रकाशित: Dec 19, 2021| 16:44 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...