सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अन्तरजातीय बिहे गरेका चन्द्रे कामी बेपत्ता

हुम्लाका एक युवकलाई केटी पक्षका आफन्तले अन्तरजातीय विवाह गरेकै कारण कुटपिट गरी बेपत्ता बनाएका छन्।
 |  आइतबार, पुस ४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

मुगु– हुम्लाका एक युवकलाई केटी पक्षका आफन्तले अन्तरजातीय विवाह गरेकै कारण कुटपिट गरी बेपत्ता बनाएका छन्।

triton college

हुम्ला सर्केगाड गाउँपालिका–१ को जैर गाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु सोरु गाउँपालिका–४ स्थित लिप्र गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग एक महिना अगाडि भागी विवाह गरेका थिए। तर, केटीका आफन्तले कुटपिट गरी युवकलाई बेपत्ता बनाएको आरोप लागेको छ। 

गत २९ मंसिरमा केटी पक्षका आफन्तले कामीको घरमै पुगेर चन्द्रे र सुन्तलीलाई माइती घरमा ल्याएर युवकलाई कुटपिट गरी बेपत्ता बनाएको युवकका परिवारले बताएका छन्। ठकुरीकी छोरीसँग कामीको छोराले विवाह गरेको भन्दै युवती पक्षले छोरालाई निर्घात कुटपिट गर्नुका साथै तीन दिनदेखि बेपत्ता पारेको चन्द्रेका बुवा धनजय कामीले बताए।

केटी पक्षका मान्छे आएर छोरा र बुहारीलाई लिएर गएको र तीन दिनदेखि छोरा सम्पर्कविहीन रहेको उनको भनाइ छ। तर, सुन्तली भने गाउँमै भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ। युवकको खोजी भइरहेको हुम्ला जिल्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। उनका अनुसार घटनाको जानकारी आउने बित्तिकै खोजी कार्य थालिएको हो। 

गत ५ मंसिरमा चन्द्रे र सुन्तलीले भागी विवाह गरेका थिए। २९ मंसिरमा केटी पक्षमा मान्छे आएर बुहारी र छोरालाई लिएर गएको धनजय कामीले बताए। छोराबुहारी लैजाने क्रममा आफूहरूमाथि दुर्व्यवहार भएको उनले गुनासो गरे। 

Metro Mart
vianet

छोरा र बुहारीलाई अपहरण र कुटपिट गरेपछि आफूले १ पुसमा  प्रहरीलाई जानकारी गराएको उनले बताए। छोरीलाई घरमा राखेर केटालाई बेपत्ता बनाएको आफूले जानकारी पाएको सर्केगाड–१ का वडा अध्यक्ष गोकुल बुढाले बताए।

–खड्क सुनार/न्युज कारखाना

प्रकाशित: Dec 19, 2021| 14:13 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।