शनिबार, वैशाख २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ओलीले शिलान्यास गरेको ५ वर्ष बित्दा पनि तयार भएन भक्तपुर चिडियाखानाको डीपीआर

ओलीले शिलान्यास गरेको ५ वर्ष बित्दा पनि तयार भएन भक्तपुर चिडियाखानाको डीपीआर

सरकारले चिडियाखाना निर्माणका लागि ७५/७६ मा ७ करोड १७ लाख, ७६/७७ मा १० करोड, ७८/७९ मा साढे ६ करोड छुट्याएको छ। तर, विनियोजित बजेट उपयोग हुन सकेको छैन।
 |  मंगलबार, पुस ६, २०७८
nespernesper

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

मंगलबार, पुस ६, २०७८

vianetvianet

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेको अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण कार्य अलपत्र परेको छ। शिलान्यास गरेको ६ वर्ष हुन लाग्दा पनि निर्माण सुरु हुन नसकेको हो। ओली प्रधानमन्त्री भएका बेला २०७३ असार ९ गते भक्तपुर सूर्यविनायकमा चिडियाखाना शिलान्यास गरेका थिए।  त्यति बेला अग्नि सापकोटा वनमन्त्री थिए।

triton college

अग्नि सापकोटापछि शंकर भण्डारी, विक्रम पाण्डे, शक्ति बस्नेत, प्रेम आलेलगायतले वन मन्त्रालय सम्हाले। तर, कसैले भक्तपुर चिडियाखानाको काममा चासो राखेनन्। शक्ति बस्नेतले त यसको आवश्यकतामाथि नै प्रश्न उठाएका थिए। 

तीन वर्षअघि नै बसिसक्नुपर्ने यो चिडियाखानाका लागि बल्ल विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण भइरहेको छ। डीपीआर नबनेका कारण अन्य काम अघि बढ्न नसकेको राष्ट्रिय प्राणी उद्यान भक्तपुरका निर्देशक अणनाथ बरालले बताए। ‘बल्ल डीपीआरको काम भइरहेको छ। यो नसकी अन्य काम गर्न मिल्दैन। हामी यसैको प्रतीक्षामा छौं’, उनले भने। निर्देशक बरालका अनुसार डीपीआरको काम यो वर्ष भित्र सकिनेछ भने अर्को वर्षबाट निर्माण सुरु हुनेछ। ‘६ अर्बमा काम सक्ने योजना थियो। तर, अब महँगी बढेको छ। योजना पनि थपिएको छ। त्यसैले बजेटको आकार बढ्न सक्छ’, उनले भने।

राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी वेदकुमार ढकाल मन्त्री फेरिरहेका कारण कामले गति लिन नसकेको बताउँछन्। ‘पहिले डिजाइन तयार थिएन। पछि मन्त्री परिवर्तन भइरहेका कारण डिजाइन बनाउन नै लामो समय लाग्यो’,  उनले भने। 

१९८९ सालमा बनेको जाउलाखेलस्थित सदर चिडियाखाना करिब ६ हेक्टर क्षेत्रफलमा फैलिएको छ। चिडियाखानामा ११३ प्रजातिका करिब एक हजार जीवजन्तु छन्। यी पशुपक्षीले राम्रोसँग हिँडडुल गर्न नपाएको र चिडियाखानाको क्षेत्रफल अत्यन्त साँघुरो भएको भन्दै एक दशकअघि नै विकल्पको खोजी भएको थियो। 

National life insurance

चिडियाखाना व्यवस्थापनको जिम्मा लिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले सन् २०११ मा जाउलाखेलको सदर चिडियाखानाको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको थियो। सोही निष्कर्षबमोजिम भक्तपुरको सूर्यविनायक क्षेत्रको जंगललाई खुला चिडियाखाना (ओपन जु) का रुपमा विकास गर्ने गरी अध्ययन भएको थियो। अध्ययनले त्यहाँ खुला चिडियाखाना बनाउन सकिने निष्कर्ष निकाल्यो। 

वन विभागले योजना बनाएर भक्तपुरको सूर्यविनायकमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको चिडियाखानाका लागि फाइल वन तथा वातावरण मन्त्रालयमा पठाएको  थियो। योजना आयोगबाट स्वीकृत नभएका कारण काम लामो समय रोकिएको थियो। 

‘एउटा बाघका लागि ४५ किलोमिटरसम्मको क्षेत्रफल चाहिन्छ। त्यति स्पेस उपलब्ध गराउन नसके पनि २÷४ किमि क्षेत्रफल राखेर बनाउन जरुरी छ।’

अन्ततः २०७१ माघ १० गते मन्त्रिपरिषद् बैठकले सूर्यविनायक क्षेत्रमा चिडियाखाना बनाउने निर्णय गर्‍यो। दुई वर्षभित्र काम सकेर चिडियाखाना सञ्चालन गर्ने भन्दै २०७३ असार ९ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले आयोजनाको शिलान्यास गरेका थिए। तर शिलान्यास भएको ५ वर्ष बित्दासमेत यसको आधारभूत काम पनि भएको छैन।

भक्तपुरको सूर्यविनायकमा चिडियाखाना बनाउन करिब ६ अर्ब लाग्ने अनुमान गरिएको थियो। हरेक वर्ष बजेटसमेत विनियोजन हुँदै आएको छ। सरकारले चिडियाखाना निर्माणका लागि ७५/७६ मा  ७ करोड १७ लाख, ७६/७७ मा १० करोड, ७८/७९ मा साढे ६ करोड छुट्याएको छ। तर, विनियोजित बजेट उपयोग हुन सकेको छैन।

जाउलाखेलबाट जनावर सार्ने–नसार्ने अन्योल

जाउलाखेलको चिडियाखाना करिब ६ हेक्टर क्षेत्रफलमा छ। सूर्यविनायकमा खुला चिडियाखाना बनेपछि जाउलाखेलको वन्यजन्तु उता सार्ने कि जाउलाखेलमै चिडियाखाना चलाइरहने भन्नेमा विवाद छ। वन्यजन्तुविद् प्रा.डा मुकेशकुमार चालिसे सूर्यविनायकमा खुला चिडियाखाना खोल्नु सकारात्मक भए पनि जाउलाखेलको चिडियाखाना बन्द गर्न नहुने बताउँछन्। सहरबीचमा रहेको यो चिडियाखाना धेरैका लागि सहज पँहुचमा रहेकाले  थप व्यवस्थित गरेर चलाउनुपर्नेमा उनको जोड छ। 

‘अन्तराष्ट्रिय चिडियाखानामा कुनकुन जनावर सार्ने? यो कुरा पहिला निश्चित हुनुपर्छ। सूर्यविनायकको जंगल क्षेत्र पूरै लिएर त्यसलाई व्यवस्थित गरेर हरेक जनावरलाई बस्ने, खेल्ने, सुत्ने, घुम्ने प्राकृतिक खालको बनाउनुपर्छ। नत्र यत्रो पैसा खर्च गर्नुको अर्थ हुन्न’, चालिसेले भने। जंगलजस्तै बनाउन नसके पनि हरेक जनावरलाई वासस्थान ठूलो चाहिने उनको भनाइ छ। 

उनी भन्छन्, ‘एउटा बाघका लागि ४५ किलोमिटरसम्मको क्षेत्रफल चाहिन्छ। त्यति स्पेस उपलब्ध गराउन नसके पनि २÷४ किमि क्षेत्रफल राखेर बनाउन जरुरी छ।’ जनावरको विविधता र उनीहरुको स्वास्थ्यलाई पनि ध्यान दिनुपर्नेमा उनी जोड दिन्छन्। ‘जाउलाखेलमा सानो घेराभित्र राखिएका वन्यजन्तुले प्राकृतिक वातावरण पाएका छैनन्। तिनको वृद्धि पनि हुन सकेको छैन। पटक–पटक विभिन्न रोगव्याधीले सताइरहेको छ। यसतर्फ पनि ध्यान दिन आवश्यक छ’, उनले भने। 


प्रकाशित: Dec 21, 2021| 09:09 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।