शनिबार, वैशाख १२, २०८३

वसन्तपुरमा योमरी पुन्हीको उल्लास [तस्बिरहरू]

नेवार समुदायले आज आइतबार योमरी पूर्णिमा मनाउँदैछन्। योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ।
 |  आइतबार, पुस ४, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, पुस ४, २०७८

काठमाडौं– नेवार समुदायले आज आइतबार योमरी पूर्णिमा मनाउँदैछन्। योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ।नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ। योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ। योमरी बनाउन बिहान सबेरैदेखि घरका महिला परम्परागत पोशाक लगाएर व्यस्त हुने गर्छन्। 

National life

नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन छ। योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल राखेर डल्लो बनाइन्छ। नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन्। साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रुपमा उपहार पठाउने चलन पनि छ।

योमरी पुन्हीलाई नेवार सुमदायले ज्यापू दिवसका रूपमा पनि मनाउँदै आएका छन्। सोही अवसरमा काठमाडौंको वसन्तपुरमा र्‍याली  निकालिएको छ। र्‍यालीमा परम्परागत नेवारी पोसाका सजिएर सहभागीहरू सबैको आकर्षण देखिएका छन्।



kumari

  

 


 




प्रकाशित: Dec 19, 2021| 13:25 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।