बिहीबार, भदौ ४, २०८३

राप्रपालाई ६ महिनाभित्र शक्तिशाली बनाउने लिङ्देनको दाबी

‘नेता र व्यवस्थामाथि नै जनताको विश्वास टुटेको छ। त्यसैले राजासहितको प्रजातन्त्र, धर्म परम्परा जगेर्ना गर्ने सनातन सापेक्ष हिन्दु राष्ट्र आवश्यक छ।’
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

झापा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने पक्षहरुलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने दाबी गरेका छन्। पार्टीको आन्तरिक प्रतिस्पर्धामा कसले कता मत हाल्यो भन्ने कुरा महाधिवेशनसँगै अन्त्य भएको बताउँदै अध्यक्ष लिङ्देनले राप्रपालाई कामको आधारमा न्यायसंगत रुपमा अघि बढाउने बताए। 

‘म लगायत सबैले काम गरेर देखाउनु पर्छ, कसैप्रति पूर्वाग्रह राखिन्न,’ उनले भने, ‘‘म सानो चित्तले राजनीतिमा आएको होइन, कसैले उपेक्षित भएर पार्टी फुटाएर जानुपर्ने स्थिति बन्न दिइने छैन। पार्टीभित्र क्षमता र दक्षताका आधारमा नेता र कार्यकर्तालाई काम दिनेछु।’

विगतमा कांग्रेस र कम्युनिस्टलाई समेत मिलाएर हिँडेको स्मरण गर्दै पार्टीको आन्तरिक चुनावमा कता लाग्यो भन्ने आधारमा कसैप्रति पूर्वाग्रह नराख्ने उनले बताए।

बिर्तामोडमा शनिबार आयोजित गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पंक्तिो अपेक्षा राप्रपासँग भएको बताउँदै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको रुपमा स्थापित गरेर देखाउने दाबी गरे। राप्रपाले सदन र सडक दुवैबाट आफ्नो आवाज उठाउने र जुन बाटोबाट छिटो उपलब्धि हुन्छ त्यही मार्ग लिने उनको भनाइ छ। 

‘नेता र व्यवस्थामाथि नै जनताको विश्वास टुटेको छ। त्यसैले राजासहितको प्रजातन्त्र, धर्म परम्परा जगेर्ना गर्ने सनातन सापेक्ष हिन्दु राष्ट्र आवश्यक छ।’


कार्यक्रममा केन्द्रीय सदस्य सगुनसुन्दर लावतीले समावेशी, समृद्ध नयाँ नेपाल बनाउने नारा असफल भएको बताए। उनले भने, ‘नेता र व्यवस्थामाथि नै जनताको विश्वास टुटेको छ। त्यसैले राजासहितको प्रजातन्त्र, धर्म परम्परा जगेर्ना गर्ने सनातन सापेक्ष हिन्दु राष्ट्र आवश्यक छ।’

झापा जिल्ला अध्यक्ष केशव ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्दीय सदस्य राजेश गिरी, प्रदेश नं १ का प्रमुख राम थापा, झापाका पूर्व जिल्ला अध्यक्ष अमर विष्ट लगायतले मन्तव्य राखेका थिए। सो अवसरमा विभिन्न दल परित्याग गरी ५४६ जना राप्रपामा प्रवेश गरेका थिए।

प्रकाशित: Dec 19, 2021| 10:50 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...