काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरूलाई बैठकमा बोलाइएको छ। अपराह्न ४ बजे डाकिएको बैठकमा संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ। विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलाई बैठकमा बोलाइएको छ। यस्तै लोकतान्त्रीक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि बैठकमा बोलाइएको छ।