तेह्रथुम- पूर्वी नेपालमा नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको आफ्नै संस्कृति छ। यी समुदायलाई प्रकृतिका पुजारीको रुपमा पनि लिईन्छ। लिम्बु समुदायको आफ्नै मौलिक पर्व छन्। यी पर्वमध्ये चासोक तङनाम आर्थत (न्वागीपुजा) पनि एक हो। पाकेको अन्नबाली प्रकृतिलाई चढाउन सुरु भएसँगै चासोक पर्व सुरु हुन्छ।
लिम्बु समुदायले अन्नबाली लगाउँदा याक्वा गरी अर्थात प्रकृतिसँग अनुमति मागेर अन्नबाली लगाउछन। लगाएको अन्नबाली पाकेपछि सबैभन्दा पहिले प्रकृतिलाई चढाइन्छ।
तेह्रथुम लगायत पूर्वका विभिन्न जिल्लाहरुमा लिम्बु समुदायले विविध कार्यक्रम गरि धुमधामका साथ चासोक तङनाम मनाई रहेका छन् । चासोक तङनाम पछिल्लो समय सामुहिक रुपमा सुख र दु:ख बाँड्ने पर्वको रुपमा मनाउन थालिएको तुलसी तिगेला बताउँछन्।
पर्वको अवसरमा लिम्बु समुदायको च्याब्रुङ नाच प्रदर्शन तथा छेलो र धनुकाँड हान्नेलगायतका लोपन्मुख खेलसमेत सञ्चालन गरिन्छ।
तागेरा निङवाफुमाङलाई अन्नबाली चढाएर गरिने अनुष्ठान नै चासोक भएको लिम्बु समुदायका अभीयान्ता दिल पाक्साँवा बताउँछन।
पछिल्लो समय लिम्बु समुदायले आफ्नो भाषा, लिपी र संस्कृतिको संरक्षणमा चासो दिन थालेको पाइन्छ। पर्वहरुले सबै नागरिकहरुलाई एउटै मालामा उन्न प्रेरित गराउन सक्ने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाल बताउँछन्।
पूर्वी नेपाललगायत देश भित्र र बाहिर रहेका लिम्बुहरुले चासोक तङनामलाई हर्ष उस्लासका साथ मनाउन थालेका छन। यो पर्वको अवसरमा सरकारले स्थानीय बिदा दिएको छ।