बिहीबार, भदौ ४, २०८३

संसद्‍मा जारी गतिरोध अन्त्य गर्ला सर्वदलीय बैठकले?

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। 

सचिवालयका अनुसार बैठक आइतबार अपराह्न ४ बजे बस्ने  छ। बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ। विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ। 

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलाई बैठकमा बोलाइएको छ।  यस्तै लोकतान्त्रीक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि बैठकमा बोलाइएको छ।

संसदमा महत्वपूर्ण विधेयक विचाराधिक रहेको बेला प्रमुख प्रतिपक्षी दलले संसद् अवरुद्ध गर्न थालेपछि संसद् सुचारु गराउन सर्वदलीय बैठक आह्वान गरिएको हो।

शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोधक खुलाउनलगायत विषयमा दलहरूबीच समान धारणा बनाउने उद्देश्यका साथ सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए।

तर, एमालेले भने बैठकमा सहभागी नहुने बताएको छ। बैठकका लागि सबै राजनीतिक दललाई टेलिफोन गरिए  पनि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो पार्टी बैठकमा  सहभागी नहुने बताएका छन्। उनले आफ्नो दललाई औपचारिक पत्र प्राप्त नभएर र बैठक बस्ने भन्ने हल्ला भने सुनिएको बताएका  छन्।

प्रकाशित: Dec 19, 2021| 07:54 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...