बेइजिङ- चीनका सबैभन्दा ज्येष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन भएको छ। स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आउनु भएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो।
उनको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो। उनी सन् २०१३ देखि देशको सवैभन्दा जेष्ठ नागरिक घोषित भएका थिए।
निधन हुनु अगाडिसम्म पनि उनको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरुले जानकारी दिएका छन्।
उनी सधैँ हासी, खुशी देखिने र आफ्ना नाती नातीनाहरुसँग रमाउने गरेको आफन्तले बताएका छन्। उनलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो।