बिहीबार, भदौ ४, २०८३

प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा एमाले सहभागी नहुने

नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि बोलाइएको हुँदा आफूहरू सर्वदलीय बैठकमा नजाने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ। देउवाले संसद्‌मा भइरहेको अवरोध र एमसीसीका विषयमा छलफल गर्न आइतबार दिउँसो ४ बजे उक्त बैठक बोलाएका हुन्। 

नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि बोलाइएको हुँदा आफूहरू सर्वदलीय बैठकमा नजाने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

एमसीसीक विषयमा छलफल हुने भनिएको बैठकमा सहभागी नभएर एमालेले यो विषयमा प्रवेश गर्न नचाहेको पनि संकेत गरेको छ। यसअघि भने नेकपा एमालेले सत्ता गठबन्धन भत्काउने शर्तमा एमालेले एमसीसीलाई समर्थन गर्ने जनाएको थियो। 

त्यस्तै सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दल एमसीसी सम्झौता जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा छन्।

एमसीसीको मुख्यालयले पनि एमसीसी पास हुने अपेक्षासहित तीन महिनाको समयसीमा थप गरेको छ। उक्त समयभित्र एमसीसी पास गरेर कार्यान्वयन चरणमा नगएको अवस्थामा नेपालसँगको सम्झौता खारेज गरिने जनाइएको छ। 


प्रकाशित: Dec 18, 2021| 18:26 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...