बिहीबार, भदौ ४, २०८३

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, एजेण्डा एमसीसी

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बैठकमा बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बैठकमा बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। 

बैठक आइतबार दिउँसो ४ बजेका बस्‍ने भएको छ। बैठकको एजेण्डामा संसद्को अवरोध हटाउने र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनको विषय राखिएको सचिवालय स्रोतले जनाएको छ। 

सरकारले संसद्को चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ। तर नेकपा एमालेले आफूले सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद अवरोध गर्दै आएको छ ।

त्यस्तै सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दल एमसीसी सम्झौता जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा छन्।

एमसीसीको मुख्यालयले पनि एमसीसी पास हुने अपेक्षासहित तीन महिनाको समयसीमा थप गरेको छ। उक्त समयभित्र एमसीसी पास गरेर कार्यान्वयन चरणमा नगएको अवस्थामा नेपालसँगको सम्झौता खारेज गरिने जनाइएको छ। 


प्रकाशित: Dec 18, 2021| 16:54 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...