बिहीबार, भदौ ४, २०८३

कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी

समितिका अनुसार अहिले ११ स्थानमा मतगणना भइरहेको छ। अझै एउटा स्थान थपेर १२ स्थानबाट एकसाथ मतगणना गर्ने समितिको तयारी छ। खुलातर्फ ३५ जना केन्द्रीय सदस्यमा चुनिनेछन्।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

काठमाडौं- नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भएको निर्वाचनअन्तर्गत खुला केन्द्रीय सदस्यतर्फको मतगणना भइरहेको छ। कांग्रेसको निर्वाचन समितिले दिएको जानकारीअनुसार शनिबार बिहान १० बजे मतगणना सुरु हुने भनिए पनि केही समयअघि मात्रै सुरु भएको हो। 

समितिका अनुसार अहिले ११ स्थानमा मतगणना भइरहेको छ। अझै एउटा स्थान थपेर १२ स्थानबाट एकसाथ मतगणना गर्ने समितिको तयारी छ। खुलातर्फ ३५ जना केन्द्रीय सदस्यमा चुनिनेछन्।

खुला केन्द्रीय सदस्यको ३५ सिटमा पूर्वपदाधिकारीदेखि चर्चित पात्रसहित ९९ जना प्रतिस्पर्धामा छन्। पूर्वमहामन्त्री डा. शशांक कोइराला तथा नेताहरू गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, गृहमन्त्री बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक पनि केन्द्रीय सदस्यको प्रतिस्पर्धामा छन्। 

कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार खुलातर्फ सकेपछि अन्यतर्फका केन्द्रीय सदस्यको मतगणना गरिनेछ। अब अन्यतर्फका केन्द्रीय सदस्यको मतगणना खुलातर्फ सकेपछि सुरु गरिने उनले नेपालखबरलाई जानकारी दिए। 

खुला केन्द्रीय सदस्य ३५ , महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी-जनजाति १५, खस-आर्य १३, मधेसी ९, थारु ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसङ्ख्यकबाट १, अपाङ्गताबाट १ सदस्य गरी कूल १२१ जना सदस्य निर्वाचनबाट चुनिनेछन्। 

यसअघि सभापति एक, उपसभापति र महामन्त्री दुई-दुई र आठ सहमहामन्त्रीको मतगणना भइसकेको छ। 


प्रकाशित: Dec 18, 2021| 15:17 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...