धनगढी- नेकपा एमालेका नेता भीम रावलले आफूलाई सोध्दै नसोधी कांग्रेस केन्द्रीय सल्लाहकार परिषद्को सदस्यको जिम्मेवारी दिइएको बताएका छन्।
निवर्तमान उपाध्यक्षसमेत रहेका नेता रावलले आफूलाई नसोधेर दिइएको जिम्मेवारी स्वीकार्य नहुने भन्दै आपत्तिसमेत जनाएका छन्। उनले शनिबार ट्विट गर्दै आपत्ति जनाएका हुन्।
उनले लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’