मंगलबार, असार ३०, २०८३

११२ मिलियन युरोमा युभेन्टस् गए रोनाल्डो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पोर्चुगिज फुटबल स्टार क्रिश्चियानो रोनाल्डो ईटालियन क्लव युभेन्टस् गएका छन् । ११२ मिलियन युरो (९९.२ मिलियन पाउण्ड) पाएपछि रोनाल्डो युभेन्टस् प्रवेश गरेका हुन् ।

योसंगै उनले स्पेनिस क्लव रियाल मड्रिडसँग ९ वर्षको सम्बन्ध टुङ्ग्याएका छन् । ३३ वर्षका पोर्चुगिज रोनाल्डो रियल मड्रिडका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । उनले अहिलेसम्म रियल मड्रिडबाट ४५१ गोल गरेका छन् । 

रोनाल्डोले रियाल मड्रिडबाट २ पटक स्पेनिस लिग र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । रोनाल्डोले आफ्नो व्यावसायिक खेल करियरमा इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेड र पोर्चुगलको स्पोर्टिङबाट पनि खेलेका थिए। पोर्चुगलको राष्ट्रिय टोलीका लागि उनले ८५ गोल गरेका छन्।

रोनाल्डोले युभेन्टससँगको सम्झौतापछि आफ्नो जीवनको नयाँ अध्याय सुरु भएको बताएका छन् । उनले नयाँ क्लवसंगको अनुवन्धनले आफूमा उर्जा आएको समेत बताएका छन् । 

सर्वकालीन महंगा खेलाडीको सूचिमा उनी चौथो नम्बरमा परेका छन् । महंगा खेलाडीको सूचिमा रोनाल्डो भन्दा अघि बार्सिलोनाले १४२ मिलियन पाउण्ड तिरेर लिभरपुलबाट भित्र्याएका फिलिप कोन्टिन्हो, मोनाकोबाट गएको सिजन १६६ मिलियन पाउण्डमा लोनमा पिएसजी आएका र बार्सिलोनाबाट २०० मिलियन पाउण्डमा पिएसजी गएका नेइमार छन् ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।