बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँछौं : मन्त्री आले

आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँछौं : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताएका छन्।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताएका छन्।

मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको १० दिनभित्र क्यालिब्रेशन फ्लाइट गर्ने जानकारीसमेत दिए। शुक्रबार काठमाडौंमा आयोजित वायु सेवा सञ्चालक संघ, नेपालको २१औं वार्षिक साधारण सभामा बोल्दै उनले व्यवसायीहरूको योगदानकै कारण नेपालको विमानस्थललगायतका हवाई उडानको क्षेत्रले प्रगति गर्दै गएको स्मरण गराएका थिए।

मन्त्री आलेले भने, ‘हामी करिब ७ देखि ८ महिनाको बीचमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट गरेर छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं। त्यतिमात्रै नभएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मलाई लाग्छ हप्ता १० दिनभित्र क्यालिब्रेशन फ्लाइट गर्दैछौं। त्यसलाई पनि छिट्टै सञ्चालनमा ल्याउँदैछौं।' 

मन्त्री आलेले हवाई उडानको क्षेत्रमा काम गर्ने व्यवसायीले हजारौं नागरिकलाई रोजगारीको अवसर दिएर राज्यले भन्दा बढी काम गरेको भन्दै प्रशंसा गरेका थिए। 

कार्यक्रममा संघका पुनः निर्वाचित अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अग्रजहरूको योगदानकै कारण नेपालको हवाई उडानको क्षेत्रले प्रगति गर्न सम्भव भएको बताएका थिए। उनले हप्ता दिनसम्म पनि हवाई उडान भर्नका लागि टिकट पाउनै नसक्ने पीडाबाट मुक्ति दिलाउने सफलता आजको दिनमा मिलेको भन्दै खुसी व्यक्त गरेका थिए। 

प्रकाशित: Dec 18, 2021| 07:30 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...