बिहीबार, भदौ ४, २०८३

कांग्रेसका खुल्ला केन्द्रीय सदस्यको मतगणना १० बजेबाट

नेपाली कांग्रेसका ३५ जना खुल्ला केन्द्रीय सदस्यको मतगणना शनिबार बिहान १० बजेदेखि थालिने भएको छ।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

काठमाडौं- नेपाली कांग्रेसका ३५ जना खुल्ला केन्द्रीय सदस्यको मतगणना शनिबार बिहान १० बजेदेखि थालिने भएको छ। 

१४औं महाधिवेशनअन्तर्गत सभापतिदेखि सहमहामन्त्रीसम्मको मतगणना सकिएपछि अब केन्द्रीय सदस्यको मतगणना थालिने भएको हो।

कांग्रेसको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले शनिबार बिहान १० बजेदेखि खुल्लातर्फका ३५ केन्द्रीय सदस्यको मत गन्न थालिने जानकारी दिएका छन्। 

समितिले मतगणनाका लागि उम्मेदवार वा एकजना प्रतिनिधि मगतणनास्थल सानेपामा पठाइदिन पनि आग्रह गरेको छ।

यसअघि प्रदेश २ को महिला केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी भएकी छन्।

शुक्रबार भएको मतगणनामा २७३१ मत ल्याएर देउवा समूहकी यादव निर्वाचित भएकी हुन्। यादवले शेखर कोइराला समूहकी गीता चौधरीलाई ८४६ मतान्तरले पराजित गरिन्।

चौधरीले १८८५ मत ल्याइन्। यसअघि नै प्रदेश २ को भूगोलतर्फ पुरूषमा देउवा पक्षका आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए।



प्रकाशित: Dec 18, 2021| 07:00 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...