बिहीबार, भदौ ४, २०८३

यस्तो बन्यो टिम कांग्रेस, शेखर प्यानलका ४ जना पदाधिकारीमा विजयी

देउवा समूहबाट सभापतिमा देउवा आफैँ, उपसभापतिमा पूर्णबहादुर खड्का र महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका हुन्। यस्तै ८ मध्ये ६ महामन्त्रीमा देउवा समूहका उम्मेदवारले बाजी मारेका छन्।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारीमा १३ जनामध्ये सभापतिमा शेरबहादुर देउवासहित उक्त समूहका ९ जना विजयी बनेका छन्। सभापतिका लागि भएको पहिलो चरणमा नै देउवा समूहमा समाहित भएका कृष्णप्रसाद सिटौला र दोस्रो चरणमा प्रकाशमान सिंह समूहसमेतका गरी ९ जना पदाधिकारी देउवा पक्षबाट विजयी भएका हुन्। 

देउवा समूहबाट सभापतिमा देउवा आफैँ, उपसभापतिमा पूर्णबहादुर खड्का र महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका हुन्। यस्तै ८ मध्ये ६ महामन्त्रीमा देउवा समूहका उम्मेदवारले बाजी मारेका छन्।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको अन्तिम मतपरिणाममा डा. शेखर कोइराला पक्षबाट सहमहामन्त्रीमा दुई जना निर्वाचित भएका छन्। यो समूहका एक जना महामन्त्री र एक जना उपसभापति विजयी भएका छन्। 

सहमहामन्त्रीको मतगणना बिहीबार साँझदेखि सुरु भएको थियो। बिहीबार राति महिला, आदिवासी जनजाति र दलिततर्फको मतगणना सकिएको थियो। जसमा देउवा पक्षबाट महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङ्देम्बे र कोइराला पक्षबाट जीवन परियार निर्वाचित भएका थिए।

बाँकी पाँच सहमहामन्त्री पदमा शुक्रबार बिहानदेखि जारी मतगणनामा चारमा देउवा पक्ष र एकमा कोइराला पक्षका उम्मेदवार विजयी भएका छन्।

शुक्रबार साँझ प्राप्त मतपरिणामअनुसार मधेसीतर्फ महेन्द्र यादव, मुस्लिमतर्फ फरमुल्ला मन्सुर, खस/आर्यतर्फ किशोर राठौर, थारुतर्फ उमाकान्त चौधरी निर्वाचित भए। यी सबै देउवा समूहका हुन्। त्य

सैगरी पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे निर्वाचित भए। कोइराला खेमाका पाण्डेले देउवा प्यालनका  कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गरेको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार सहमहामन्त्रीको मतगणना सकिएसँगै अब निर्वाचन समितिको बैठक बसेर आजै राति केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने तयारी छ।

प्रकाशित: Dec 17, 2021| 18:44 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...