बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पिछडिएको क्षेत्रबाट कांग्रेस सहमहामन्त्रीमा शेखर प्यानलका पाण्डे विजयी

पिछडिएको क्षेत्रबाट कांग्रेस सहमहामन्त्रीमा शेखर प्यानलका पाण्डे विजयी

पिछडिएको क्षेत्रबाट कांग्रेस सहमहामन्त्रीमा बद्रि पाण्डे विजयी भएका छन्।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं- पिछडिएको क्षेत्रबाट कांग्रेस सहमहामन्त्रीमा बद्रि पाण्डे विजयी भएका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका जीवनबहादुर शाही र चेतराज बजाललाई पराजित गर्दै पाण्डे सहमहामन्त्रीमा विजयी भएका हुन्। 

विजयी पाण्डेले २४११ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी जीवन बहादुर शाहीले २ हजार १३३ मत प्राप्त गरे। अर्का प्रतिस्पर्धी चेतराज बजाल निकै कमजोर देखिए। उनले सय मत कटाउन सकेनन्।

पाण्डे शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए भने शाही सभापित शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका थिए। 

यसअघि सार्वजनिक सहमहामन्त्रीको मतगणनामा महिलातर्फ महालक्ष्मी उपाध्याय (डीना), आदिवासी/जनजातितर्फ भीष्मराज आङ्देम्बे र दलिततर्फ जीवन परियार निर्वाचित भइसकेका छन्। 

उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहका हुन् भने परियार कोइराला समूहका हुन्।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्त गोपालकृष्ण घिमिरेका अनुसार डिनाले २५३३ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिस्पर्धी कमला पन्तले २१०५ मत प्राप्त गरिन्।

आङ्देम्बेले २७११ मत पाए। उनका प्रतिद्वन्द्वी विकास लामाले १९१३ मत प्राप्त गरे। परियारले २२१२ मत पाए भने मानबहादुर विश्वकर्मा २१७५ मतमा पराजित भए।

आठ जना सहमहामन्त्री रहेको कांग्रेसमा मुस्लिमतर्फबाट फरमुल्लाह मन्सुर विजयी भए। थारु क्लस्टरबाट देउवा प्यानलमा समाहित भएको सिटौला प्यानलका उमाकान्त चौधरी मतगणना नसकिँदै विजयी हुने निश्चितजस्तै भएको छ। खस/आर्यमा किशोरसिंह राठौर विजयी भएका छन। राठौर र मन्सुर देउवा प्यानलका हुन्। 

प्रकाशित: Dec 17, 2021| 17:01 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...