बिहीबार, भदौ ४, २०८३

एमालेले भन्‍यो- संसद् खुलाउने सूत्र सभामुखको राजीनामा

नेकपा एमालेले विगत साउनदेखि अवरुद्ध गर्दै आएको संसद् बैठक खुलाउनले उपायका लागि सभामुख अग्‍निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने अडान राखेको छ।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं - नेकपा एमालेले विगत साउनदेखि अवरुद्ध गर्दै आएको संसद् बैठक खुलाउनले उपायका लागि सभामुख अग्‍निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने अडान राखेको छ। 

एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका निर्णयहरु शुक्रबार सार्वजनिक गर्ने क्रममा महासचिव शंकर पोखरेलले सभामुखको राजीनामापछि मात्रै संसद्को अवरोध हट्ने बताएका हुन्। 

उनले भने, 'संसदमा केही महिनादेखि जारी गतिरोधसँग जोडिएका विषयमा हामीले आफ्ना कुरा पहिले नै राखेका छौं। हामीले कारबाही गरेका १४ सांसदबारे अदालतमा मुद्दा पनि चलिरहेको छ। हामीले कारबाही गरेका सांसद राखेर संसद चलाइएको छ, त्यसलाई हामी स्वीकार्दैनौं।'

उनले एमालेले कारबाही गरेका सांसदहरुबारे भएको निर्णयबाट सभामुख पछि हट्न नसक्ने हो भने सभामुख सापकोटाले राजीनामा दिनुपर्ने बताए। उनले थपे, 'यदि हामीले गरेको कारबाहीलाई सदर नगर्ने निर्णयबाट सभामुख पछि हट्न नसक्ने हो भने उहाँले संसद चलाउन मार्ग प्रशस्त गरेर राजीनामा दिनुपर्छ। सभामुखले कमजोरी नसच्याएसम्म संसद अघि बढ्न सक्दैन। अवरोध जारी रहन्छ।'

सरकारले पुस ६ गते बस्‍ने संसद् बैठकमा एमसीसी अघि बढाउने तयारी थालेको छ। त्यसका लागि एमालेसँग पनि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले छलफल गरिरहेको छ। छलफलका क्रममा एमालेले कांग्रेसलाई गठबन्धन भत्काउने हो भने आफू तयार रहेकोसमेत जनाएका छन्। 

प्रकाशित: Dec 17, 2021| 16:09 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...