बिहीबार, चैत १२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बेल्जियम र फ्रान्सका यी महत्वपुर्ण खेलाडीः जसले आज चमत्कार गर्न सक्छन् 

बेल्जियम र फ्रान्सका यी महत्वपुर्ण खेलाडीः जसले आज चमत्कार गर्न सक्छन् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौ-रुसमा जारी फिफा विश्वकपको पहिलो सेमिफाइनलमा मंगलबार फ्रान्स र बेल्जियमबीचको खेल हुँदैछ । समूह सि विजेता भएर शिर्ष १६ मा पुगेको फ्रान्स र समूह जि को बिजेता बन्दै प्रि-क्वार्टरफाइनल पुगेको बेल्जियमबीच निकैनै भिडन्त हुने अनुमान गरिएको छ । हेरौ दुबै टोलीका पहिलो रोजाईका दुई खेलाडी । 

बेल्जियम

इडन हजार्ड


बेल्जियमका कप्तान इडन हजार्डलाई विश्वकपमा अब्बल नेतृत्व क्षमता भएका खेलाडीका रुपमा हेरिन्छ । बेल्जियमका फरवार्ड हजार्डले जारी विश्वकमा २ गोल गरेका छन् । बेल्जियम र ट्युनिसियाको खेलमा ट्युनिसियालाई ५-२ गोलले पराजित गर्ने क्रममा हजार्डले २ गोलको योगदान गरेका थिए । बेल्जियमका गेम मेकरका रुपमा चिनीने हजार्ड मिडफिल्डबाट खेल्ने गर्छन् । उनी विपक्षीलाई रोक्दै उत्कृष्ट पास निकाल्दै सहकर्मीसम्म सफल पास गर्न सक्छन् भने मौका मिलेको अवस्थामा आफै गोल गर्न पनि सिपालु छन् । 

रोमेलु लुकाकु 

बेल्जियमका फरवार्ड रोमेलु लुकाकु पनि रुस विश्वकपमा सुरुदेखि नै चर्चामा रहे । लुकाकुले रुस विश्वकपमा खेलेका ४ खेलमा ४ गोल गर्दै गोल्डेनबुटको दाबेदारका रुपमा आफूलाई उभ्याएका छन् । उनी इंग्ल्यान्डका ह्यारी केनभन्दा २ गोलले पछि छन् । 

म्यानचेस्टर युनाइटेडका फरवार्ड लुकाकुले बेल्जियमले पानामाविरुद्ध खेलेको समूह चरणको पहिलो खेलमै चमत्कार देखाएका थिए । रुस विश्वकपबाट विश्वकपमा डेब्यु गरेका लुकाकुले बेल्जियमले पानामालाई ३-० गोल अन्तरले पराजित गर्ने क्रममा २ गोल गरेपछि उनको चर्चा सुरु भएको थियो ।

त्यस्तै, लुकाकुले समूह चरणको दोस्रो ट्युनिसियासँगको खेलमा समेत २ गोल गरेपछि उनको क्षमतालाई लिएर चर्चा हुन थालेको हो । सेमिफाइनलमा फ्रान्ससँग भिड्न लागेको बेल्जियमका तर्फबाट लुकाकु पहिलो रोजाइका खेलाडी हुन् । २५ वर्षीय लुकाकुले अहिलेसम्म बेल्जियमबाट खेलेका ७३ खेलमा ४० गोल गरिसकेका छन् ।

फ्रान्स

एन्टोइनी ग्रिजम्यान


फ्रान्सका अर्का उत्कृष्ट खेलाडी हुन् एन्टोनी ग्रिजम्यान । ग्रिज्मयान बल पास गर्ने तरिका र मैदानमा बल पाएपछिको उनको दौडले पनि बढी चर्चामा रहे । उनले फ्रान्स र अष्ट्रेलियाबीचको समूह चरणको पहिलो खेलमा अष्ट्रेलियालाई २-१ गोलले पराजत गर्ने क्रममा एक गोल गरेका थिए ।

५ खेलमा ३ गोल गरेका ग्रिज्मयानले दोस्रो गोल प्रि-क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्ध पेनाल्टीमार्फत् गरेका थिए । ग्रिज्मयानले तेस्रो गोल क्वार्टरफाइनलमा उरुग्वेविरुद्धको खेलमा पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ग्रिजम्यानले रुसमा गरेको उत्कृष्ट प्रदर्शनसँगै बेल्जियमविरुद्धको सेमिफाइनल खेलमा राम्रो प्रदर्शन गर्दै फ्रान्सलाई फाइनलमा पुर्याउन सक्ने खेलाडीका रुपमा हेरिएका छन् । २७ वर्षीय ग्रिज्मयानले अहिलेसम्म फ्रान्सका लागि खेलेका ५९ खेलमा २७ गोल गरिसकेका छन् ।

केलियन बाप्पे

विश्व फुटबलमा नयाँ तरंग ल्याउन सक्ने खेलाडी भन्दै फ्रान्सका केलियन बाप्पेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले चर्चा गरिए सँगै जारी विश्वकपमा ३ गोल गरिसकेका छन् । फ्रान्सको पेरिस सेन्ट जर्मन फुटबल क्लबका फरवार्ड बाप्पेको प्रदर्शन रुसमा अहिलेसम्मका खेलमा उत्कृष्ट रह्यो । समूह चरणको दोस्रो खेलमा डेब्यु गरेका उनले विश्वकपमा पहिलो गोल पेरुविरुद्ध गरे ।

बाप्पेले पहिलो गोल गरेसँगै उनलाई नयाँ पुस्ताका स्टार खेलाडीको दर्जा दिइएको छ । प्रि-क्वार्टरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोलले पराजित गर्दा बाप्पे दुई उत्कृष्ट गोल गर्दै नायक बनेका थिए ।

१९ वर्षीय बाप्पेले फ्रान्सका लागि खेलेका अन्तराष्ट्रिय २० खेलमा ७ गोल गरिसकेका छन् भने बेल्जियमसँग हुन लागेको सेमिफाइनल खेलमा पनि बाप्पे पहिलो रोजाइमा पर्ने अनुमान रहेकोछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।