काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन्। पार्टी कार्यालय सानेपामा जारी मतगणनामा ६ सय मत गन्न बाँकी छँदै थापा महामन्त्रीमा निर्वाचित भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी भन्दा थाापा करिब ९ सय मतले अघि छन्। फराकिलो अग्रता बनाएकाले उनको विजय निश्चित भएको हो।
थापा यसअघि पनि महामन्त्रीमा चुनाव लडेका थिए। तर डा शशांक कोइरालासँग उनी पराजित भएका थिए। थापा यसपाली डा शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा विजयी भएका हुन्। यद्यपि निर्वाचन समितिले आधिकारिक रूपमा उनलाई विजयी घोषित गरेको छैन।
४०९० मत गन्दा थापाले २६४४ मत ल्याए। आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो।
कांग्रेसमा २ जना महामन्त्री निर्वाचित हुने वैधानिक व्यवस्था छ।