बिहीबार, भदौ ४, २०८३

बोहोराटार पुगेका उपसभापति गुरुङलाई के भने कांग्रेस नेता पौडेलले?

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङ पार्टीका नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहोराटार पुगेका छन्।
 |  बिहीबार, पुस १, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङ पार्टीका नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहोराटार पुगेका छन्। 

मतपरिणाम सार्वजानिक भएर निर्वाचित भएपछि गुरुङ पौडेललाई भेट्न बोहोराटार पुगेका हुन्। पौडेलले गुरुङलाई बधाई दिँदै पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिएका थिए। उनले आफू पनि पार्टीलाई एकताबद्ध बनाएर आम चुनावमा विपक्षीसँगको प्रतिष्पर्धामा अब्बल बनाउन लाग्ने बताए।

उनले उपसभापति गुरुङसँग आफू र निवर्तमान महामन्त्री शशांक कोइरालाले पार्टीलाई एकतावद्ध बनाउने र पार्टी भित्र सद्भाव कायम गर्ने अभियान थालिसकेको पनि जानकारी गराएका थिए। उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा लाग्ने बचन दिए। 

 

प्रकाशित: Dec 16, 2021| 14:02 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...