बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महामन्त्रीमा गगनको फराकिलो अग्रता, मीनेन्द्र प्रदीपभन्दा पछि

कांग्रेस महामन्त्रीमा गगनको फराकिलो अग्रता, मीनेन्द्र प्रदीपभन्दा पछि

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ।
 |  बिहीबार, पुस १, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ। कांग्रेस मुख्यालय सानेपामा अहिले कांग्रेसका दुई महामन्त्रीका लागि मतगणना भइरहेको छ।

प्रारम्भिक नतिजा अनुसार महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले फराकिलो अग्रता लिएका छन्। १५ सय २० गन्दा गगन थापाले ९८५ मत प्राप्त गरेका छन्। गगनलाई पछ्याइरहेका विश्‍वप्रकाश शर्माले ६०३ मत प्राप्त गरेका छन्। 

तेस्रोमा रहेका प्रकाशशरण महतले ४९१ मत ल्याउँदा प्रदीप पौडेलले ४४७ मत ल्याएर महतलाई पछ्याइरहेका छन्। प्रदीपपछि मिनेन्द्र रिजालले २५४ मत प्राप्त गरेका छन्। त्यसैगरी महामन्त्रीका अर्का उम्मेदवार रााजराम कार्कीले ४७ मत प्राप्त गरेका छन्। 

महामन्त्रीमा गगन र मिनेन्द्र शेखर कोइराला समूहबाट उम्मेदवार बनेका थिए भने प्रदीप र प्रकाशशरण शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्। त्यसैगरी विश्‍वप्रकाश प्रकाशमान सिंह समूहबाट र राजारामले विमलेन्द्र निधि समूहबाट उम्मेदवारी दिएका थिए। 

यसअघि सभापतिमा शेरबहादुर देउवा र दुई उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्।

प्रकाशित: Dec 16, 2021| 12:56 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...