बिहीबार, भदौ ४, २०८३

गगनलाई पछ्याउँदै विश्‍वप्रकाश, तेस्रोमा प्रदीप

कांग्रेस मुख्यालय सानेपामामा बिहीबार कांग्रेसको दुई महामन्त्री पदतर्फको मतगणना चलिरहेको छ।
 |  बिहीबार, पुस १, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना कांग्रेस मुख्यालय सानेपामामा चलिरहेको छ। 

प्रारम्भिक नतिजा अनुसार महामन्त्तीका उम्मेदवार गगनकुमार थापाले अग्रता लिएका छन्। ६०० मतगणना गर्दा गगन थापाले ३८१ मत प्राप्त गरेका छन् भने विश्‍वप्रकाश शर्माले २३१ मत प्राप्त गरेका छन्। 

त्यसैगरी डा. प्रकाशशरण महतले २०१, प्रदीप पौडेलले २०६ र डा. मिनेन्द्र रिजालले १०१ मत प्राप्त गरेका छन्। त्यसैगरी महामन्त्रीका अर्का उम्मेदवार डा. राजराम कार्कीले १२ मत प्राप्त गरेका छन्। 

महामन्त्रीमा गगन र मिनेन्द्र शेखर कोइराला समूहबाट उम्मेदवार बनेका थिए भने प्रदीप र प्रकाशशरण शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्। त्यसैगरी विश्‍वप्रकाश प्रकाशमान सिंह समूहबाट र राजारामले विमलेन्द्र निधि समूहबाट उम्मेदवारी दिएका थिए। 

यसअघि सभापतिमा शेरबहादुर देउवा र दुई उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्। 

प्रकाशित: Dec 16, 2021| 11:51 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...