बिहीबार, भदौ ४, २०८३

महामन्त्री मतगणना : ३०० गणना गर्दा गगनको २००, विश्‍वको १०४

प्रारम्भिक नतिजा अनुसार महामन्त्तीका उम्मेदवार गगनकुमार थापाले अग्रता लिएका छन्। ३०० मत गणना गर्दा गगन थापाले २०० मत प्राप्त गरेका छन् भने विश्‍वप्रकाश शर्माले १०४ मत प्राप्त गरेका छन्।
 |  बिहीबार, पुस १, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ। बिहीबार कांग्रेसको दुई महामन्त्री पदतर्फको मतगणना चलिरहेको छ। 

प्रारम्भिक नतिजा अनुसार महामन्त्तीका उम्मेदवार गगनकुमार थापाले अग्रता लिएका छन्। ३०० मत गणना गर्दा गगन थापाले २०० मत प्राप्त गरेका छन् भने विश्‍वप्रकाश शर्माले १०४ मत प्राप्त गरेका छन्। 

त्यसैगरी डा. प्रकाशशरण महतले ९१, प्रदीप पौडेलले ११० र डा. मिनेन्द्र रिजालले ५५ मत प्राप्त गरेका छन्। त्यसैगरी महामन्त्रीका अर्का उम्मेदवार डा. राजराम कार्कीले ५ मत प्राप्त गरेका छन्।

प्रकाशित: Dec 16, 2021| 11:33 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...