बिहीबार, भदौ ४, २०८३

महामन्त्रीमा सुरुमै गगनको अग्रता, राजारामको खुलेन खाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ।
 |  बिहीबार, पुस १, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ। बिहीबार कांग्रेसको दुई महामन्त्री पदको मतगणना चलिरहेको छ। 

प्रारम्भिक नतिजा अनुसार महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले अग्रता लिएका छन्। गगन थापाले ७० मत प्राप्त गरेका छन् भने विश्‍वप्रकाश शर्माले ३४ मत प्राप्त गरेका छन्। 

त्यसैगरी डा. प्रकाशशरण महतले ३१, प्रदीप पौडेलले २७ र डा. मिनेन्द्र रिजालले २१ मत प्राप्त गरेका छन्। त्यसैगरी महामन्त्रीका अर्का उम्मेदवार डा. राजराम कार्कीले भने खाता खोल्‍न सकेका छैनन्।


प्रकाशित: Dec 16, 2021| 11:27 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...