बिहीबार, भदौ ४, २०८३

हारे पनि जित महसुस गरेकी छु : सुजाता कोइराला

नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले उपसभापतिमा पराजित भए पनि जितको महसुस भएको बताएकी छन्।
 |  बिहीबार, पुस १, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १, २०७८

 काठमाडौं- नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले उपसभापतिमा पराजित भए पनि जितको महसुस भएको बताएकी छन्। आफूले उठाउँदै आएको लैङ्गिकलगायत असमानताविरुद्ध अविचलित रही लडिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले पराजित भए पनि जितको महसुस गरेको बताएकी हुन्।

फेसबुक स्ट्याटस लेख्दै कोइरालाले लेखेकी छन्, 'नेपाली कांग्रेसको १४औं महाधिवेशनमा म र मेरो टिमलाई अमूल्य मत दिने सबैमा हृदयदेखि धन्यवाद दिन्छु। तपाईंहरूले दिनुभएको अमूल्य मतको सधैँ सम्मान गर्नेछु। मैले उठाउँदै आएको लैङ्गिलगायत सबै किसिमका असमानताको विरुद्ध अविचलित रही लडिरहने प्रण गर्दछु।'

कांग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि आफूले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको उनको भनाइ छ।  देशको कुनाकाप्चाबाट महाधिवेशनमा सहभागी हुन आएका महिला मतदाताको मुहारमा आशा र उत्साह देखेकोले आफूलाई थप हौसला मिलेको उनले उल्लेख गरेकी छन्। 

'गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सधैँ प्रेरित छु। पार्टीभित्र र सिंगो देशमा सहमति, सहकार्य र एकताको खाँचो छ । म सबैलाई महाधिवेशनपछि एकढिक्का हुन अपिल गर्दछु। नेपाली कांग्रेस एकढिक्का भएमात्र लोकतन्त्र बलियो हुन्छ। मेरो अबको भूमिका कांग्रेसलाई एकताबद्ध बनाउन पनि हुनेछ,' उनले लेखेकी छन्।

महाधिवेशनमा सहभागी महिलामा देखिएको उत्साहले निकट भविष्यमा महिला कांग्रेसको नेतृत्वमा आउने उनको विश्वास छ। 

प्रकाशित: Dec 16, 2021| 10:22 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...