बिहीबार, भदौ ४, २०८३

कांग्रेस महामन्त्रीको मतगणना तयारी पूरा

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज महामन्त्रीको मतगणना हुने भएको छ।
 |  बिहीबार, पुस १, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज महामन्त्रीको मतगणना हुने भएको छ। बिहीबार बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना हुने भने पनि केही ढीला गरी मतगणना सुरु हुने भएको हो।

दुई सिटका लागि महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल चुनावी मैदानमा छन्। यस्तै डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्। प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको प्रतिस्पर्धामा छन्।

कांग्रेस निर्वाचन समितिका अनुसार महामन्त्रीको मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ।

यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।

प्रकाशित: Dec 16, 2021| 10:06 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...