बिहीबार, भदौ ४, २०८३

दुई मतले पराजित विजयकुमार गच्छदारले गरे पुन: मत गणनाको माग

नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन्।
 |  बिहीबार, पुस १, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १, २०७८

काठमाडौं- नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन्।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए। गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन्। उपसभापतिको दुई सिट छ। पूर्णबहादुर खड्का पनि विजयी भएका छन्।

प्रकाशित: Dec 16, 2021| 07:29 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...