काठमाडौं- थोरै मात्र मतले पराजित हुन पुगेपछि नेपाली कांग्रेस उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदार मतगणनास्थल पार्टी कार्यालय सानेपाका लागि हिँडेका छन्। पुन:मतगणनाको माग राख्न उनी गणनास्थल हिँडेका हुन्।
गच्छदार गणनास्थलमा आउने भएपछि पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ। गच्छदार सानेपा नपुगेकाले समितिले गणना सकिएपनि परिणाम सार्वजनिक गरिएको छैन।
धनराज गुरुङले थोरै मतले मात्र गच्छदारलाई पछि पारेका थिए। मत परिणाममा पूर्णबहादुर खड्का र गुरुङ निर्वाचित भएका छन्। दुई जना उपसभापतिका चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्येश्वरी शाह पनि प्रतिस्पर्धामा थिए।