काठमाडौं- नेपाली कांग्रेसको उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्का विजयी भएका छन्। हालै सम्पन्न मतगणनामा उनीहरू विजयी भएका हुन्।
विजयी गुरुङ शेखर कोइरालाको प्यानलबाट उपसभापतिको उम्मेदवार बनेका थिए भने खड्का शेरबहादुर देउवा प्यानलका हुन्।
दुवै प्यानलका एकएक जनाले उपसभापतिमा बाजी मार्दा दुवै पक्षका एक एक जना भने चयन हुन सकेनन्। देउवा प्यानलका विजयकुमार गच्छदार र कोइराला प्यानलका डा चन्द्र भण्डारीले पराजित बनेका हुन्। यद्यपि निर्वाचन समितिले आधिकारिक रूपमा मत परिणाम घोषणा गर्न बाँकी छ।
कांग्रेस सभापतिमा देउवा निर्वाचित भइसकेका छन्। महामन्त्रीलगायत बाँकी पदको मत भने गन्न बाँकी छ। बिहीबार महामन्त्री पदको मत गणना गर्ने निर्वाचन समितिले जानकारी दिएको छ।