काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिको जारी मतगणनामा पूर्णबहादुर खड्काले अग्रता लिएका छन्। ३५५८ मत गन्दा उनले १६३४ मत पाएका छन् भने उनलाई १४४३ मतका साथ विजय गच्छदारले पछ्याइरहेका छन्।
धनराज गुरुङले १४३७ मत पाएका छन् भने चन्द्र भण्डारीले १२५७ मत पाएका छन्। खड्का र गच्छदार देउवा प्यानलका हुन् भने गुरुङ र भण्डारी शेखर कोइराला प्यानलका हुन्।
यस्तै सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत पाएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। मत गणना कांग्रेस मुख्यालय सानेपामा जारी छ।