बिहीबार, भदौ ४, २०८३

कांग्रेस उपसभापतिमा गुरुङ र खड्काको प्रारम्भिक अग्रता

पार्टी कार्यालय सानेपामा जारी मतगणनामा उनीहरूले अन्य उम्मेदवारलाई केही मतले पछि पारेका हुन्।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं- नेपाली कांग्रेसको उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले प्रारम्भिक अग्रता बनाएका छन्। 

पार्टी कार्यालय सानेपामा जारी मतगणनामा उनीहरूले अन्य उम्मेदवारलाई केही मतले पछि पारेका हुन्। गुरुङ कोइराला प्यानलका हुन् भने खड्का देउवा प्यानलका उम्मेदवार हुन्। 

गुरुङ १३१ मतका साथ शीर्ष स्थानमा छन् भने पूर्णबहादुर खड्काले १२८ मतका साथ उनलाई पछ्याइरहेका छन्। यस्तै, विजयकुमार गच्छदार १२२, चन्द्र भण्डारीले ९५, सुजाता ३६, महेश आचार्य २५ र दिव्येश्वरी शाहले ६ मत पाएका छन्। 

कांग्रेसमा २ जना उपसभापति चयन हुने वैधानिक व्यवस्था छ। 


प्रकाशित: Dec 15, 2021| 19:46 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...