बिहीबार, भदौ ४, २०८३

देउवाजीले के के गरेर जित्नुभयो त्यो सबै थाहा छ : अर्जुननरसिंह केसी

'तपाईंले आफूप्रधान पार्टी नबनाउनुस्। पार्टीलाई नीतिप्रधान बनाउनुहोस्। देउवाको सफलता कांग्रेसको सफलता होस्,' उनले भनेका थिए।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जनुनरसिंह केसीले शेरबहादुर देउवाले अवाञ्छित गतिविधि गरेर पार्टी सभापतिको निर्वाचन जितेको संकेत गरेका छन्। सभापतिका अर्का उम्मेदवार डा शेखर कोइरालाले आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

'देउवाजीले सभापति पदमा चुनाव जित्नुभएको छ। के-के गरेर जित्नुभयो त्यो सबै हामीलाई थाहा छ। तर हार स्वीकार गर्छौँ। थाहा नै नभएको चाहिँ होइन। यतिविधि पत्रकारहरूसँग त्यो कुरा भन्न मिल्दैन,' नेता केसीले भने। 

लोकतन्त्रमा वाद प्रतिवाद र संवाद हुनु सुन्दरता भएको उनको भनाइ थियो।  पार्टी नेताबाट होइन, नीतिबाट चल्नुपर्ने बताएका उनले चर्चित भ्रष्टाचारका काण्डमा काम गर्न प्रधानमन्त्रीलाई उनले आग्रह गरेका थिए। तर देउवाले त्यसमा चासो नदेखाएको उनले बताए। 

'तपाईंले आफूप्रधान पार्टी नबनाउनुस्। पार्टीलाई नीतिप्रधान बनाउनुहोस्। देउवाको सफलता कांग्रेसको सफलता होस्,' उनले भनेका थिए।

यसअघि बोलेका नेता बलबहादुर केसीले भाले बासिसकेको र उज्यालो हुन कसैले रोक्न नसक्ने बताएका थिए।

प्रकाशित: Dec 15, 2021| 17:04 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...