बिहीबार, भदौ ४, २०८३

कांग्रेस उपसभापतिको मतगणना सुरु

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत भएको उपसभापति पदको मतगणना सुरु भएको छ।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत भएको उपसभापति पदको मतगणना सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा उपसभापति पदको मतगणना सुरु भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। 

उपसभापतिका लागि ७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। सभापति शेरबहादुर देउवा प्यानलबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार उपसभापतिका उम्मेदवार थिए भने शेखर कोइरालाको प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी छन्। यस्तै विमलेन्द्र निधि समूहबाट दिव्यश्वरी साह उम्मेदवार थिइन् भने प्रकाशमान सिंह समूहबाट सुजाता कोइराला उम्मेदवार छन्। यस्तै नेता महेश आचार्य पनि चुनावी मैदानमा छन्। 

सभापतिका लागि भएको मत भने गणना भइसकेको छ। गणनामा देउवा दोस्रो पटक सभापति भएका थिए। 


प्रकाशित: Dec 15, 2021| 16:43 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...