बिहीबार, भदौ ४, २०८३

देउवासँग हाम्रो सम्बन्ध संघर्ष र सहकार्यको हुन्छ : गगन थापा

'सभापति जित्नु भएकोमा शेरबहादुर देउवालाई बधाई। उहाँलाई हामी सबैको सहयोग हुन्छ। जहाँ चुक्नुहुन्छ। उहाँसँग संघर्ष हुन्छ,' उनले भने।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले देउवासँग आफूहरूको सम्बन्ध संघर्ष र सहकार्यको हुने बताएका छन्। सभापतिका प्रत्यासी डा शेखर कोइरालाले मतदातालाई धन्यवाद ज्ञापन गर्ने आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

'सभापति जित्नु भएकोमा शेरबहादुर देउवालाई बधाई। उहाँलाई हामी सबैको सहयोग हुन्छ। जहाँ चुक्नुहुन्छ। उहाँसँग संघर्ष हुन्छ,' उनले भने। 

आफूहरूको अधिवेशन भएको तर  एमालेको ओलीवेशन भएको उनले पुन दोहोर्‍याएका थिए। उनले आफूहरूका उम्मेदवारले नजिते पनि ताकत कम नभएको उल्लेख गरेका थिए। 
प्रकाशित: Dec 15, 2021| 16:30 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...