बिहीबार, भदौ ४, २०८३

'पीताजी नैतिकता राख्नुपर्छ भन्नुहुन्थ्यो छोराले बेचिदिए'

प्रकाशमान र विमलेन्द्र मात्र गणेशमान र महेन्द्रनारायण निधिका छोराहरू नभएर आफूहरू पनि उनीहरूका छोराहरू नै भएको बताए।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं- नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार धनराज गुरुङले दोस्रो चरणको निर्वाचनका क्रममा शेरबहादुर देउवालाई सहयोग गरेका नेता प्रकाशमान सिंहप्रति व्यंग्य गरेका छन्। शेखर कोइरालाले मतदाताहरूलाई धन्ववाद ज्ञान गर्न आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

'पीताजी नैतिकता राख्नुपर्छ भन्नुहुन्थ्यो। परिआउँदा पनि नैतिकता बेचिदिनुपर्छ बा भन्छन् छोरो। पीताजीले जनतामा विवेक छ भन्नुहुन्थ्यो। यी त कहाँ मान्छे हुन् र भन्छन् छोरा। यी त भेडा हुन्। यीनलाई बेचिदिनुपर्छ भन्छन् छोरा,' प्रकाशमानलाई व्यंग्य गर्दै धनराजले भने। तर आफूलाई यस्तो कसरी हुन सक्यो भनेर विश्वासै नलागेको समेत उल्लेख गरे। 

प्रकाशमान र विमलेन्द्र मात्र गणेशमान र महेन्द्रनारायण निधिका छोराहरू नभएर आफूहरू पनि उनीहरूका छोराहरू नै भएको बताए। 

प्रकाशित: Dec 15, 2021| 16:12 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...