बिहीबार, भदौ ४, २०८३

अप्ठेरोमा चरित्र पहिचान हुन्छ : मीनेन्द्र रिजाल

उनीहरु दुवै जनाले महाधिवेशनअघि कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने धारणा व्यक्त गरेका थिए तर पछि शेरबहादुर देउवालाई समर्थन गरेका थिए।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार डा मीनेन्द्र रिजालले अप्ठेरोमा चरित्र पहिचान हुने बताएका छन्। सभापति पदको मतपरिणाम सार्वजनिक भएपछि सभापतिका प्रत्यायी डा शेखर कोइरालाले मतदाताहरूलाई धन्यवाद दिनका लागि आयोजना गरेको कार्य्रममा उनले यस्तो बताएका हुन्। 

उनको भनाइ सभापतिका प्रत्यासीहरू प्रकाशमान सिंह र विमलेन्द्र निधिप्रति लक्षित थियो। उनीहरु दुवै जनाले महाधिवेशनअघि कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने धारणा व्यक्त गरेका थिए तर पछि शेरबहादुर देउवालाई समर्थन गरेका थिए। 

'अप्ठेरोमा चरित्र पहिचान हुन्छ। सुन र पित्तल छुट्टिएको छ,' उनले भने, 'निराशाको कुरा गर्ने बेला छैन। चुनाव जितौँ वा हारौँ कांग्रेस बनाउने कुरामा पछि हट्दैनौँ। मतदाताले कोइरालालाई बलियो जिम्मेवारी दिनुभएको छ।'

चुनावमा आफूहरू संख्याको भाग नखोज्ने तर विचारको प्रतिनिधित्व हुनुपर्ने बताएका थिए। 

प्रकाशित: Dec 15, 2021| 15:58 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...