बिहीबार, भदौ ४, २०८३

कांग्रेस उपसभापतिको मतगणना आजै, महामन्त्रीको बिहीबार

दुई उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला र दिव्यश्वरी शाह प्रतिस्पर्धामा छन्। निर्वाचन समितिका अनुसार महामन्त्री पदको मतगणना भने भोलि मात्रै हुनेछ।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं- नेपाली कांग्रेसको उपसभापति पदको मतगणना बुधबार (आज) साँझबाट सुरु हुने भएको छ। निर्वाचन समितिले उपसभापति पदको मतगणना आजै गर्ने निर्णय गरेको छ। सभापति पदको अन्तिम नतिजा आइसकेपछि बुधबार दिउँसो बसेको समितिको बैठक उपसभापति पदको गणना सुरु गर्ने निर्णय गरेको हो।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो। सभापति पदको गणना सोही दिन भएको थियो। तर, पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत ल्याउन नसकेपछि मंगलबार पुनः दोस्रो चरणको मतदान भएको थियो। दोस्रो चरणमा शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा पुनः सभापतिमा निर्वाचित भएका छन्। 

दुई उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला र दिव्यश्वरी शाह प्रतिस्पर्धामा छन्। निर्वाचन समितिका अनुसार महामन्त्री पदको मतगणना भने भोलि मात्रै हुनेछ।

प्रकाशित: Dec 15, 2021| 15:36 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...