बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवालाई बधाई दिएपछि महतले भने– सबै नेतालाई जोड्न सक्ने खुबी उहाँमा छ

देउवालाई बधाई दिएपछि महतले भने– सबै नेतालाई जोड्न सक्ने खुबी उहाँमा छ

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने बताएका छन्।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने बताएका छन्।

बुधबार नवनिर्वाचित पार्टी सभापति देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता महतले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजान सक्ने खुबीका कारण सभापतिमा देउवाले जितेको तर्क गरे। देउवाले सबै नेताहरुलाई जोड्न सक्ने र कसैलाई पनि असुरक्षाको अनुभूति हुन नदिने उनले बताए। सभापति देउवाको यो दोस्रो कार्यकालमा पार्टीलाई आधुनिक, सुदृढ, विस्तारित र गतिशील पार्टीको रुपमा निर्माण गर्ने उनको भनाइ छ।

महतले भने, ‘उहाँलाई जसरी समग्र पार्टी पंक्तिले समर्थन गरेको छ, यसबाट पनि के स्पष्ट हुन्छ भने उहाँ सबै नेताहरुलाई जोड्न सक्नुहुन्छ। कसैलाई पनि असुरक्षाको अनुभूति हुने परिस्थिति आउँदैन भन्ने विश्वासले नै सबैले उहाँलाई सहयोग पनि गर्नुभयो। समर्थन पनि गर्नुभयो। हाम्रो अर्जु दृष्टि भनेको आउने आमनिर्वाचनमा पार्टीलाई एक बनाएर लैजानु हो।’

पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भीड नै लागेको छ। नेता–कार्यकर्ताहरुले प्रधानमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन्।

देउवालाई बधाई दिन बालुवाटार पुगेका नेपाली कांग्रेसका नेता अब्दुल सतारले प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाई बहुमत दिलाउनका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गरे।

प्रकाशित: Dec 15, 2021| 14:49 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...