मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मंगलबार पनि नेप्से ओरालो, अर्याललाई लगानीकर्ताले पत्याएनन्

मंगलबार पनि नेप्से ओरालो, अर्याललाई लगानीकर्ताले पत्याएनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल स्टक एक्स्चेन्ज (नेप्से) बजारले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेश अर्याललाई पत्याएन। उनले हिजो (सोमबार) मात्रै नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को सिईओमा पदभार ग्रहण गरेका हुन्।
 
उनले पद ग्रहण गरेपछिको दोस्रो दिन आज (मंलबार) पनि नेप्से परिसूचक झिनो अंले घटेको छ। नेप्से परिसूचक ०.५ अंकले घटेर १ हजार २०५.९३ विन्दुमा पुगेको छ।

सोमबार झनै बढी १७.९६ अंकले घटेको १ हजार  २०६.४३ विन्दुमा पुगेको थियो। मंलबार १६० कम्पनीको शेयर ८ लाख ७६  हजार ६११ पटक खरिद बिक्रीबाट २८ करोड ७९ लाख ७४ हजार ४३१ रुपैयाँको कारोबार भएको छ।

नेप्से बजारमा आएका ३ समूहबाहेक अरु सबैको परिसूचक राताम्य भएको छ । बैंकिङ, फाइनान्स, बीमा समूहको परिसूचक झिनो अंकले बढेको छ  भने बाँकी समूहको घटेको हो।

उत्पादनमुलक समूहको परिसूचक सबैभन्दा बढी ७०. ५२ अंक घटेर २ हजार २१९ .९२ विन्दुमा पुगेको छ। त्यस्तै हाइड्रोपावर समूहको २.१५, अन्य समूहको १.९९, होटलको १.४१,  माइक्रोफाइनान्सको ०.५३  र विकास बैंकको नेप्से परिसूचक ०.४७ अंक घटेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।