जनकपुरधाम- जनकपुरधामस्थित नयाँ बसपार्कमा बुधबार बिहान बसले किच्दा एक वृद्धाको मृत्यु भएको छ।
महोत्तरीको जलेश्वरबाट जनकपुरधाम आइरहेको ना३ख २६१० नम्बरको बसले किच्दा ६० वर्षीया एक वृद्धाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ।
जलेश्वरबाट आएको सो बस जनकपुरधामस्थित बसपार्कमा छिर्न लागेका बेला सोही बसबाट ओर्लेकी वृद्धा अचानक बसको अगाडि आएकोले चालकले देख्न नसकेर किचिएको ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपानेले जानकारी दिए।
मृतक बृद्धाको नाम र ठेगाना खुल्न नसकेको तथा बसका चालक जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ बिन्धी बस्ने ३३ वर्षीय मो फिरोज नदाफलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।