मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कठ्याङग्रिंदो जाडोमा विद्यार्थी टेन्टमा बसेर पढ्न बाध्य

कठ्याङग्रिंदो जाडोमा विद्यार्थी टेन्टमा बसेर पढ्न बाध्य

गत १ असारका बाढीले उनी पढ्ने विद्यालय बगाएर बगरमा परिणत भयो। उनी भन्छिन्, ‘बाढीले विद्यालय बगाएपछि टेन्टमुनि बसेर पढ्नुपरेको छ।’
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

लमजुङ- मनाङको नासों गाउँपालिका-१ तालमा रहेको भानु माविका विद्यार्थी मंसिरको कठ्याङ्ग्रिंदो जाडोमा टेन्टमा बसेर पढ्न बाध्य छन्। ‘हिमालको चिसो सिरेटो र मस्र्याङ्दी नदीको चिसो हावाले कठ्याङ्ग्रिंदै पढ्नुपर्छ भानु माविको कक्षा १० मा अध्ययानरत छात्रा पूर्णिमा गुरुङ भन्छिन्।

गत १ असारका बाढीले उनी पढ्ने विद्यालय बगाएर बगरमा परिणत भयो। उनी भन्छिन्, ‘बाढीले विद्यालय बगाएपछि टेन्टमुनि बसेर पढ्नुपरेको छ।’

उनीमात्र होइन कक्षा ९ मा अध्ययनरत प्रतिक गुरुङले पनि टेन्टमुनि बसेर पढ्न निकै गाह्रो हुने गरेको बताए।  ‘विद्यालयमा पढ्ने कहिले होला अब त जाडो धेरै बढ्यो टेन्टमा कसरी पढ्ने चिन्ताले पिरोलेको छ,’ उनी भन्छन्। प्रतिकमात्र होइन भानु माविको कक्षा ८ मा पढ्ने प्रवृति तामाङ पनि टेन्टमा बसेर पढ्न धेरै गारो भएको बताउँछिन्।

विद्यालयमा पढाउने वातावरण नभएकाले चौरमा टेन्ट राखेर पठनपाठन गर्नुपरेको भानु माविका प्राध्यानाध्यापक श्यामकृष्ण पन्तले बताए। उनी भन्छन्, ‘गत १ असारमा मर्स्याङ्दी नदीमा आएको बाढीले विद्यालय भवन वगाएपछि अहिले बालकक्षादेखि  कक्षा १० सम्मका विद्यार्थीलाई अस्थायी टेन्टमा राखेर पठनपाठन गराउँदै आएका छौ।’ विद्यालयमा १० कक्षासम्म पठनपाठन हुने गरेको छ। चिसो मौसम अनि मर्स्याङ्दी नदीको चिसो हावा विद्यार्थीका लागि निकै कष्टकर बनेको पन्त बताउँछन्। 

ताल गाउँको सिङगो बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा परेपछि विद्यालयमा पठनपाठन गर्ने ठाउँ नै नभएको उनले जानकारी दिए।  मनाङमा रहेको चार माध्यमिक विद्यालयमध्ये तीनवटा विद्यालयमा बाढीले क्षति पुर्‍याएको छ।

भानु माविसँगै नासों गाउँपालिका ६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति मावि र सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि पनि मर्स्याङ्दी नदीमा आएको बाढीले पूर्ण रुपमा क्षति पुर्‍याएको छ। मनाङमा २६ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय छन्। मनाङमा चारवटा मावि, आठवटा आधारभूत र १५ वटा प्रावि छन्।  -न्युज कारखाना

प्रकाशित: Dec 15, 2021| 11:45 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।