बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओली संसद् अवरोध गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन् : पौडेल

ओली संसद् अवरोध गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन् : पौडेल

एमालेले संसद अवरोध गरिरहेको सन्दर्भलाई उल्लेख गर्दै पोडेलले त्यसलाई ‘देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास’को रुपमा अर्थ्याएका छन्।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि संगिन आरोप लगाएका छन्।

एमालेले संसद अवरोध गरिरहेको  सन्दर्भलाई उल्लेख गर्दै पोडेलले त्यसलाई ‘देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास’को रुपमा अर्थ्याएका छन्। 

‘६ महिनाको समयमा दुई-दुई पटक संसद् विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन्,’ पौडेलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

सरकारले पनि संसद सूचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास गर्नुपर्ने उनको भनाइ छ। सरकार सदन बीचैमा अन्त्य गरी अघि बढेमा ओलीको नियतिका सामू समर्पण गरेको ठहरिने उनले उल्लेख गरेका छन्। 

‘संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छु’ भनेर आएको सरकारले पनि संसद सूचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतिका सामू समर्पण गरेको ठहरिनेछ,’ उनले भनेका छन्, ‘राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन आमनागरिकको ध्यानाकर्षण गर्दछु।’

प्रकाशित: Dec 15, 2021| 09:45 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...