मंगलबार, असार ३०, २०८३

सुनुवाई समितिको कार्यविधि बनाउन उपसमिति गठन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संसदीय सुनुवाई विशेष समितिको मंगलबार बसेको पहिलो बैठकले कार्यविधि निर्माण गर्न तीन सदस्यीय उपसमिति चयन गरेको छ।
 
सिंहदरबारमा बसेको समितिको बैठकले कार्यविधि तय गर्नका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का योगेश भट्टराई र शिवकुमार मण्डल तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट सचेतक पुष्पा भुसाल रहेको ३ सदस्यीय उपसमिति गठन गरेको हो।

उपसमितिलाई बुधबारसम्म कार्यविधि तय गर्ने कार्यादेश दिइएको समितिका सदस्य भिमसेनदास प्रधानले जनाए। संवैधानिक परिषदले समितिको सचिवालयमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन पत्राचार गरिसकेको छ। सोही पत्राचारलाई समेत ध्यानमा राखेर समितिको कार्यविधि तय गर्न उपसमिति गठन गरिएको सांसद प्रधानले बताए।

विशेष समितिका लागि प्रतिनिधिसभाले सोमबार सदस्य स्वीकृत गरेको थियो। जसमा प्रतिनिधिसभाबाट अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णाकुमारी सुवेदी, भीमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन्।

राष्ट्रियसभाबाट सुमन प्याकुरेल, नन्दा चपाईं र जीतेन्द्र देव रहेका छन् समितिमा राजापाबाट लक्ष्मणलाल कर्ण, संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ, कांग्रेसबाट प्रमुख सेचतक भुषाल, प्रधान, ज्ञानेन्द्रबहादुर कार्की र जितेन्द्र देव रहेका छन्। संघीय संसदको सार्वजनिक सुनुवाई विशेष समितिमा १५ सदस्य रहने व्यवस्था छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।