बिहीबार, भदौ ४, २०८३

माओवादी केन्द्र प्रदेश १ को नेतृत्व चयनमा सकस

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहमतिमै नेतृत्व चयनका लागि दवाव दिएका कारण मतदान कार्यक्रम रोकिएको एक नेताले बताएका छन्। मंसिर २५ गते सुरु भएको अधिवेशनले २४९ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको छ।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

विराटनगर- नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन नेतृत्व चयन नगरि चुनावी प्रक्रिया रोकिएको छ।

प्रदेश अध्यक्षमा बर्तमान अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई, प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र बर्तमान प्रदेश सचिव हेमराम भण्डारी आकांक्षी छन्। तीन नेताहरुले दावी नछाडेपछि बन्दशत्र सकेर मतदान तालिका सार्वजनिक भएपनि प्रक्रिया अघि बढ्न सकेन।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहमतिमै नेतृत्व चयनका लागि दवाव दिएका कारण मतदान कार्यक्रम रोकिएको एक नेताले बताएका छन्। मंसिर २५ गते सुरु भएको अधिवेशनले २४९ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको छ।

अध्यक्ष सहितका पदाधिकारी रोकेर सहमतिको प्रयास भईरहेको नेताहरुले बताएका छन्।  पदाधिकारीमा आकांक्षी धेरै भएपछि केन्द्रीय समितिले हस्तक्षेप गरेको एक नेताले बताए। 

पदाधिकारी चयन हुन नसक्दा अधिवेशन औपचारिक रुपमा समापन हुन सकेको छैन।

प्रकाशित: Dec 15, 2021| 06:58 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...